हुन्डाई फेस्टिभ डिलाइटमा लोकेश बज्राचार्यले जिते बम्पर उपहार आइ-२० कार



बिजमाण्डू
२०७९ भदौ १० गते १२:५७ | Aug 26, 2022
हुन्डाई फेस्टिभ डिलाइटमा लोकेश बज्राचार्यले जिते बम्पर उपहार आइ-२० कार

काठमाडौं। लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको हुन्डाई फेस्टिभ डिलाइटमा लोकेश बज्राचार्यले आई २० कार जितेका छन्।

Tata
GBIME
Nepal Life

दसैंतिहारलाई लक्षित गर्दै गत वर्ष कम्पनीले यो योजना ल्याएको थियो। लक्की ड्रमार्फत बज्राचार्यले बम्पर उपहारस्वरुप यो कार पाएका हुन्।

योजना अनुसार हुन्डाई गाडी खरिद गर्ने ग्राहकले तीन लाख रुपैयाँसम्मको आकर्षक छुट, एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाएका थिए।

यो योजना २०७८ भदौं २४ देखि कात्तिक ३० गतेसम्म कार्यान्वयनमा आएको थियो।