प्रसारणलाइनको समस्या कतै नभएको कुलमानको दाबी, ‘प्रसारणलाइन बन्यो तर आयोजना आएन’



बिजमाण्डू
२०७९ भदौ ३ गते १७:१३ | Aug 19, 2022
प्रसारणलाइनको समस्या कतै नभएको कुलमानको दाबी, ‘प्रसारणलाइन बन्यो तर आयोजना आएन’

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुले उत्पादन गरेको बिजुली प्रसारणलाइनको अभावमा खेर फाल्नु परेको गुनासो गरेपनि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कतै त्यस्तो समस्या नभएको बताएका छन्।

Tata
GBIME
Nepal Life

अपर तामाकोसी जलविद्युत कम्पनीको चौधौं साधारणसभालाई सम्बोधन गर्दै उनले पहिले केही आयोजनामा समस्या भएपनि अब त्यस्तो समस्या नरहेको दाबी गरे। 'प्रसारणलाइनहरु सम्पन्न भएका छन्। केही आयोजनामा जो डेभलपर छ, उहाँहरु नै प्रसारणलाइन बनाउन पनि सहभागी हुनुहुन्छ। त्यहाँ समस्या छ,' उनले भने, 'एक दुई ठाउँमाबाहेक अन्त समस्या छैन।'

घिसिङले अहिले प्रसारणलाइनहरु बनेपनि प्रोजेक्टहरु नआएको बताए। उनका अनुसार कोसी करिडोरमा ६ देखि ८ सय मेगावाटको प्रसारणलाइन बनको छ। तर ३० मेगावाटको मात्रै प्रोजेक्ट जोडिएको उनले बताए।

सोलु करिडोरमा ३/४ सय मेगावाट क्षमताको प्रसारणलाइन चालु अवस्थामा छन्। ३०/४० मेगावाट मात्रै जोडिएका छन्।

'कालीगण्डकी करिडोरमा करिब १६०० मेगावाटको प्रसारणलाइन बन्दैछ। त्यहाँ आउने आयोजनाहरु निश्चित छन्। त्यसकारण हाम्रो प्रसारणलाइनहरु आइडल बनिरहेका छन्,' उनले भने,'प्रसारणलाइनको अभावमा स्पील हुने अवस्था हुँदैन,' उनले भने, 'सानोतिनो आफ्नै कारणले पनि प्रसारणलाइन बनाउन नसकेका कारण स्पील भएको अवस्था सिन्धुपाल्चोकतिर छ। उहाँहरुको आफ्नै प्राविधिक समस्या पनि छ।'