राष्ट्र बैंकले बढाउन प्रोत्साहन गरेपनि बैंकले ब्याज नबढाउने निर्णय गरे, संस्थागतको बरु घट्ने

बिजमाण्डू
२०७९ साउन २० गते ११:१४ | Aug 5, 2022
राष्ट्र बैंकले बढाउन प्रोत्साहन गरेपनि बैंकले ब्याज नबढाउने निर्णय गरे, संस्थागतको बरु घट्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाएर बैंक ब्याज दर उकास्न प्रेरित गरे पनि बैंकरले आफ्नो पुरानो अडानलाई नै निरन्तरता दिने निर्णय गरेका छन्।

Tata
GBIME

बुधबार नयाँ नीतिगत दर लागू गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो। राष्ट्र बैंकको नीतिलाई कसरी लिने भनेर बैंकर्स संघले शुक्रबार बिहान बैठक डाकेको थियो। २६ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिलाई डाकेर बसेको बैठकमा अहिलेकै दरलाई निरन्तरता दिने निर्णय भएको छ।

यसो हुँदा संस्थागत निक्षेपको ब्याज घट्ने छ। अहिले साधारण मुद्दति निक्षेपको ब्याज दर ११.०३ प्रतिशत छ। यसको एक प्रतिशत कम संस्थागतलाई दिनु पर्ने नियम थियो। यसो हुँदा संस्थागतले १०.०३ प्रतिशत ब्याज पाउँदै आएका थिए।

बुधबारबाट राष्ट्र बैंकले २ प्रतिशत बिन्दु कम ब्याज दिनु पर्ने नीति लिएको छ। यसो हुँदा संस्थागतले  ९.०३ प्रतिशत ब्याज पाउने छन्। 

बैंकहरुले ५ महिनादेखिको ब्याजलाई निरन्तरता दिए पनि आधार दर भने बढ्ने छ। तर उच्च दरले आधार दर भने बढ्न पाउँदैन। किनभने संस्थागत निक्षेपकर्ताको ब्याज थप घटेको छ।

ब्याज बढाएर नयाँ निक्षेप नआउने भन्दै बैंकरले अहिलेकोलाई नै निरन्तरता दिने निर्णय गरेका हुन्। राष्ट्र बैंक भने बैंकले ब्याज बढाउँदा बैंक ऋण महँगो भएर उपभोग कटौती हुने विश्लेषणमा थियो।