काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्जाको लक्ष्य घटाएको छ। १९ प्रतिशतको लक्ष्यबाट घटेर राष्ट्र बैंकले १२.६ प्रतिशतमा झरेको हो।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा वृद्धिभन्दा पनि कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगाउन प्राथमिकता दिइने बताए।
साथै, विस्तृत मुद्रा प्रदाय १२ प्रतिशतमा सीमित गर्ने लक्ष्य पनि मौद्रिक नीतिले राखेको छ।
गभर्नर अधिकारीले कोभिडका बेला दिएको सुविधा कटौती गरी अति आवश्यकलाई मात्र पुनर्कर्जा दिने पनि बताए।
यसैगरी साना, लघु क्षेत्रमा कर्जा केन्द्रित गरिने भएको छ। यसबाट कर्जाको गुणस्तरमा सुधार हुने बताइएको छ। उनले भुक्तानीलाई डिजिटलाइजेसन गरिने बताए।











