गभर्नर अधिकारी आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति सार्वजनिक गर्दै, हेर्नुस् लाइभ



बिजमाण्डू
२०७९ साउन ६ गते १६:०५ | Jul 22, 2022

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन्। 

Tata
GBIME
Nepal Life

गभर्नरका रुपमा अधिकारीको यो तेस्रो मौद्रिक नीति हो। पहिलो मौद्रिक नीति आउँदा देशमा लकडाउन थियो। उद्योगधन्दा ठप्प थिए। 

उनले पहिलो मौद्रिक नीतिमार्फत ऋण भुक्तानी गर्ने समय थप गर्नुका साथै अतिरिक्त तरलता प्रवाहका लागि पुनर्कर्जा ल्याएका थिए। तरलता प्रवाह गरेर ब्याज दर पनि घटाइदिएका थिए।

दोस्रो मौद्रिक नीतिमा उनले अगाडि दिएका सुविधाहरु कटौती मात्र गरेनन् केही कडाइ समेत गरे। त्यसैका कारण तरलता अभाव चर्किएको विश्लेषण गरिन्छ। ४/१२ को नीति ल्याएर सेयर बजार घटाएको आरोपसमेत उनलाई लाग्दै आएको छ।

यसपाली बाह्य क्षेत्र स्थायित्वमा ठूलो खाडल देखिएकाले त्यसलाई पुर्न कसिलो मौद्रिक नीति ल्याउने अधिकारीले बताउँदै आएका छन्।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्