डोल्पामा शाखा खोलेसँगै ७७ वटै जिल्लामा ग्लोबल आइएमई, बन्यो सबै जिल्ला पुग्ने पहिलो निजी बैंक



बिजमाण्डू
२०७९ असार १६ गते ००:०० | Jun 30, 2022
डोल्पामा शाखा खोलेसँगै ७७ वटै जिल्लामा ग्लोबल आइएमई, बन्यो सबै जिल्ला पुग्ने पहिलो निजी बैंक

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पाको ठुलीभेरी नगरपालिका–३, दुनै बजारमा नयाँ शाखा खोलेको छ। यो शाखा खोलेसँगै ग्लोबल आईएमई देशका ७७ वटै जिल्ला पुग्ने निजी क्षेत्रको पहिलो बैं‌क बनेको छ। 

Tata
GBIME
Nepal Life

बैंकको दुनैमा  २८९औं शाखा संचालनमा आएको हो। यी शाखाहरुसहित बैंकले ७७ जिल्लामा २६२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्र संचालन गरिरहेको जनाएको छ। 

यसमार्फत् बैंकले २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको दाबी गरेको छ।

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स समेत भित्र्याउँदै आएको छ। नेपालको रेमिट्यान्स आप्रवाहमा आईएमई समूह सबैभन्दा ठूलो मार्केट प्लेयर रहँदै आएको छ।