घट्यो सार्वजनिक सवारीसाधनको भाडा, यात्रुवाहक ५.४१% र मालवाहक ७.६८ % ले भाडा घट्यो

बिजमाण्डू
२०७९ असार १२ गते ११:५० | Jun 26, 2022
घट्यो सार्वजनिक सवारीसाधनको भाडा, यात्रुवाहक ५.४१% र मालवाहक ७.६८ % ले भाडा घट्यो

काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ। सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको हो।

Tata
GBIME

पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६.७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल लिटरको २० रुपैयाँ र डिजल २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।

मूल्य घटेसँगै पेट्रोल १७९ रुपैयाँ लिटर र डिजल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। घटेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।

कहाँ जान कति लाग्छ भाडा ?