प्रि-ओपनिङमा नेप्से बढ्यो, २० कम्पनी आए कारोबारमा, ९ वटाको बढ्यो सेयर मूल्य



बिजमाण्डू
२०७९ जेठ २० गते ११:४८ | Jun 3, 2022
प्रि-ओपनिङमा नेप्से बढ्यो, २० कम्पनी आए कारोबारमा, ९ वटाको बढ्यो सेयर मूल्य

काठमाडौं। साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा नेप्से सूचक ०.६६ अंकलेबढेर २११३.१३ बिन्दुमा पुगेको हो। 

Tata
GBIME
Nepal Life

यस अवधिमा कारोबारमा आएका मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ। आज प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका २० कम्पनीको १ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ३ लाख ८६ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भएको छ। 

प्रि-ओपनिङमा ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ लाख ५२ हजार २०८ रुपैयाँ बराबरको कारोबार भएको हो। 
यस्तै सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक र आशा लघुवित्तका लगानीकर्ताले २ प्रतिशत कमाएका छन्।