काठमाडौं। साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। साढे १० बजेदेखि पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा नेप्से सूचक ०.६६ अंकलेबढेर २११३.१३ बिन्दुमा पुगेको हो।
यस अवधिमा कारोबारमा आएका मध्ये ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ। आज प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका २० कम्पनीको १ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ३ लाख ८६ हजार ९१४ रुपैयाँ बराबरको कारोबार भएको छ।
प्रि-ओपनिङमा ग्लोबल आईएमई बैंकको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १ लाख ५२ हजार २०८ रुपैयाँ बराबरको कारोबार भएको हो।
यस्तै सिद्धार्थ बैंक, मुक्तिनाथ विकास बैंक र आशा लघुवित्तका लगानीकर्ताले २ प्रतिशत कमाएका छन्।