सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने, ५०% रकम उत्पादन क्षेत्रमा

बिजमाण्डू
२०७९ जेठ १५ गते १७:०९ | May 29, 2022

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट सार्वजनिक गर्दै सहकारी क्षेत्रलाई मुलुकको मुलुकको आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका छन् । 

Tata
GBIME
NLIC

आइतबार बजेट सार्वजानिक गर्दै मन्त्री शर्माले सहकारी क्षेत्रको बचतलाई उद्यम विकास, उत्पादन मुलुक क्षेत्र तथा रोजगारी सृजनामा परिचालन गर्न प्रोत्साहन गर्दै आर्थिक विकासको महत्वपूर्ण क्षेत्रका रुपमा परिचालन गरिने बताएका हुन्।  

यसका साथै सहकारीको कुल लगानीको कम्तीमा ५० प्रतिशत रकम उत्पादन क्षेत्रमा परिचालन गर्नु पर्ने व्यवस्था मिलाइने पनि उनले बताए । 

कम्तीमा २० करोड चुक्ता पूँजी रहने गरी कृषिजन्य उद्योग स्थापना गर्ने सहकारीलाई नेपाल सरकारले चुक्ता पूँजीको ५ प्रतिशत रकम पुँजीगत अनुदान प्रदान गर्ने व्यस्था मिलाएको मन्त्री शर्माले बताए ।