भारतले अनलाइन गेमिङ, क्यासिनोदेखि घोडा दौडमा २८% पुर्‍याउँदै वस्तु तथा सेवा कर



बिजमाण्डू
२०७९ जेठ ५ गते १२:०० | May 19, 2022
भारतले अनलाइन गेमिङ, क्यासिनोदेखि घोडा दौडमा २८% पुर्‍याउँदै वस्तु तथा सेवा कर

काठमाडौं। भारतीय मन्त्रीहरुको समूह (जीओएम) अनलाइन गेमिङदेखि क्यासिनो र घोडा दौड (रेस कोर्स) मा वस्तु तथा सेवा कर (जीएसटी) २८ प्रतिशत पुर्‍याउन सिफारिस गर्न सहमत भएका छन्। 

Tata
GBIME
Nepal Life

वैशाख १९ मा भएको छलफलपछि जीओएमले विभिन्न छलफल गरेको थियो। साथै यी क्रियाकलापहरुमा जीएसटी दरको सम्भावना र अन्य प्राविधिक विषयमा छलफल भएको थियो। 

‘करको दर, भ्यालुएसनमध्ये कुन दर लागू गर्नेमा सदस्यहरु अघि बढेका छौं। अनलाइन गेमिङका विविध विषयहरुमा पनि छलफल भएको छ,’ बैठकपछि जीओएमका कन्भेनर एवम् मेघालयका मुख्यमन्त्री कन्राड के. संगमाले भने।

संगमाको नेतृत्वमा जीओएमले गत वर्ष कोरोनासम्बन्धी सामग्रीमा जीएसटी लगाउने बारे अध्ययन गरेको थियो। सँगै अनलाइन गेमिङमा समान जीएसटी दर लगाउने कि फरक दर कायम गर्ने बारे पनि छलफल भएको थियो।

‘केन्द्र सरकार, राज्य सरकार, अन्य सरोकारवालाहरु क्यासिनो, रेस कोर्स र अनलाइन गेमिङको संचालनमा धेरैजना संलग्न हुनुहुन्छ। समग्र पक्षलाई ध्यानमा राख्दै सबै सरोकारवालाहरुसँग छलफल गरेर मात्रै करको दर र अन्य मामला बारे निर्णय गर्नेछौं,’ संगमाले भने। 

अहिले भारतमा सट्टेबाजी वा जुवा (अनलाइन) मा २८ प्रतिशत जीएसटी लाग्दै आएको छ। सट्टेबाजी वा जुवाबाहेकका अन्य खेलहरुमा भने १८ प्रतिशत जीएसटी लाग्दै आएको छ। अनलाइन गेमिङ प्लाटफमहरुले संकलन गर्ने कमिसनमा भने भारत सरकारले १८ प्रतिशत कर लगाउँदै आएको छ।