सीए तीर्थराज उपाध्यायको निधन, बैंकिङ, मल्टिनेशनलदेखि कर्पोरेट कम्पनीका अडिटर अस्ताए

बिजमाण्डू
२०७९ बैशाख ३१ गते १०:२३ | May 14, 2022
सीए तीर्थराज उपाध्यायको निधन, बैंकिङ, मल्टिनेशनलदेखि कर्पोरेट कम्पनीका अडिटर अस्ताए

काठमाडौं। वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट तीर्थराज उपाध्यायको निधन भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ स्थापनामा महत्वपूर्ण योगदान दिएका उनको शुक्रबार अमेरिकामा निधन भएको हो। 

Tata
GBIME

उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका पूर्व अध्यक्षसमेत थिए। नेपालको लेखा व्यवसायको अभिभावकको रुपमा मानिएका उपाध्यायले एक्यान, आइक्यान, एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डको समेत नेतृत्व गरेका थिए। 

पछिल्लो समय उनले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि डीडीए गरेका थिए। 

नेपाल राष्ट्र बैंकले पनि उनीसँग परामर्श गर्दै आएको थियो। हरेक ठुला बैंक, मल्टिनेशनलदेखि कर्पोरेट कम्पनीको अडिटमा उनको प्रत्यक्ष भूमिका रहँदै आएको थियो।