भारतमा कोरोना बढ्दैछ, निर्वाचनको बेला स्वास्थ्य प्रोटोकल पालना गरौं : स्वास्थ्य मन्त्रालय



बिजमाण्डू
२०७९ बैशाख २७ गते १६:२२ | May 10, 2022
भारतमा कोरोना बढ्दैछ, निर्वाचनको बेला स्वास्थ्य प्रोटोकल पालना गरौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं। स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरस  संक्रमण दर बढिरहेको भन्दै स्थानीय तह निर्वाचनको बेला सतर्कता अपनाउन आग्रह गरेको छ।

Tata
GBIME
Nepal Life

मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले विदेशबाट स्थानीय तह निर्वाचनका लागि मतदान गर्न आउने नागरिकलाई पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गगर्न आग्रह गरेका छन्। सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु स्थापना गरिएको छ।

अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिए।

‘चुनावलाई लिएर चुनाव भन्दा अघि र चुनावकै दिनमा पनि जनस्वास्थ्यका मापदण्डको पालना हुने कुराको सुनिश्चितता गर्न हरेक स्थानीय मतदान केन्द्रहरुमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने व्यवस्था गर्न, मास्क र हातको सरसफाईको कुराहरुलाई व्यवस्थित गर्नका लागि प्राविधिक विश्लेषण गरेर स्वास्थ्य मन्त्रालयले सम्बन्धित निकायहरुसँग आवश्यक तयारीका कामहरु अघि बढाएको छ,’ उनले भने।

पछिल्लो समय नेपालमा संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम एकदमै बढेर गएको उनले बताए।

‘सबैलाई अलि बढी सजग भइदिन र संवेदनशील भएर व्यवहार गरिदिन अनुरोध छ। सबैले आफ्नो ठाउँबाट गर्नसक्ने सहयोग गर्नसके सम्भावित जोखिमलाई टार्न सक्छौँ,’ उनले भने।