काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभाले कम्पनीको पुँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधनको विशेष प्रस्ताव पारित गरेको छ।
ताहाचलको हायात प्लेसमा शुक्रबार सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा भएको सभामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण प्रतिवेदन पारित भएको छ।
सञ्चालक समितिमा संस्थापक सेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरु अनुज क्याल, सशांक अग्रवाल, किरण केसी र नारायण रुगटा सभाबाट निर्विरोध निर्वाचित भएका छन्।
आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक सुशील एण्ड एसोसियट्स चाटर्ड एकाउन्टेन्टसका सुशील घिमिरेलाई नियुक्ति गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।










