सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर २०७९’, सिमेन्ट बारे जनचेतना र मनोरञ्जनसँगसँगै



बिजमाण्डू
२०७९ बैशाख ८ गते १३:१५ | Apr 21, 2022
सर्वोत्तम सिमेन्टको ‘मिस्टर ह्याप्पी टुर २०७९’, सिमेन्ट बारे जनचेतना र मनोरञ्जनसँगसँगै


काठमाडौं। नयाँ वर्षको उपलक्ष्यमा सर्वोत्तम सिमेन्टले मनोरञ्जनात्मक कार्यक्रम ‘मिस्टर ह्याप्पी टुर २०७९’ आयोजना गरिरहेको छ। ‘सम्बन्ध तपाईं हाम्रो बीचको होस् या परिवारबीचको या निर्माण सामाग्री बीचको, पकड, मजबुत अनि अटूट हुनुपर्छ,’ भन्ने नारासहित यो कार्यक्रम गरेको हो।

Tata
GBIME
Nepal Life

हाँस्य कलाकार सन्दीप क्षेत्रीको सहभागितामा सिमेन्ट उत्पादन गर्न देश मै पहिलोपटक भीआरएम प्रविधि भित्र्याएर प्रयोग गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट भएको दाबी कम्पनीको छ। 

कम्पनीले आफ्नै खानीको चुनढुंगा, स्वउत्पादित विद्युत प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन गर्दै आएको छ। सिमेन्टको उत्पादन तथा प्रयोग बारे उपभोक्ताहरुले बुझ्न जरुरी भएको भन्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा टुर आयोजना गरेर सुझावसमेत समेटिएको कम्पनीले जनाएको छ। 

गत वैशाख ३ गते पोखराका चिप्लेढुंगाबाट सुरु भएको टुर भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी तीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको बीपी चोक हुँदै भोलि शुक्रबार साँझ ५ बजे जनकपुरको जानकी मन्दिरमा संचालनसहित सम्पन्न हुने बताइएको छ।