सेयर बजारमा २०३ कम्पनीको मूल्य ओरालो, सूचक ८.५७ अंक घट्दा ४.८२ अर्बको किनबेच

बिजमाण्डू
२०८३ मंसिर ११ गते १५:२६ | Nov 27, 2026
सेयर बजारमा २०३ कम्पनीको मूल्य ओरालो, सूचक ८.५७ अंक घट्दा ४.८२ अर्बको किनबेच

काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक शुक्रबार ८.५७ प्रतिशतले घटेर २६२८.१७ विन्दुमा झरेको छ।

GBIME
Tata

कारोबारमा आएका बैंकिङ र निर्जीवन बीमा कम्पनी बाहेकका उपसमूहले बजार घटाएका हुन्। डेभलपमेन्ट बैंकको सूचक सबैभन्दा धेरै ०.७६ प्रतिशतले घटेको छ।

बजारमा २०३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ।

सूचकसँगै कारोबार रकम पनि ओरालो लागेको छ। बिहीबार बजारमा ५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएकामा शुक्रबार ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

लक्ष्मी सनराइज बैंकको सबैभन्दा धेरै २४ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, ग्लोबल आइएमई बैंक २१ करोड ६७ लाख र हिमालयन ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

बजारमा ५८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। एनआइसी एसिया बैंकको सबैभन्दा धेरै ६.०८ प्रतिशतले सेयर मूल्य बढेको छ।