काठमाडौं। क्यासिनोमा जुवा खेल्ने नेपाली र खेलाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिहीबार राति वीरगंज महानगरपालिका वडा नम्बर १० लोहारपट्टी चोकस्थित फर्च्यून सिटी गेमिङ क्यासिनोमा जुवा खेल्ने नेपालीहरू र खेलाउने समूहलाई पक्राउ गरिएको हो।
जुवा खुल्ने वीरगंज महानगरपालिका बस्ने ६२ वर्षीय बिजय अग्रवाल, सन्तोष कुमार यादव, अनुराग कुमार, दिनेश साह, दीपक साह, नरेश प्रसाद, गुन्जमान मोक्तान, बिनोद कुमार लो, राजेश श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराउने बैतडी दोगराकेदार गाउँपालिकाका तिलक प्रसाद भट्ट, वीरगंजका प्रभु साह तुरहा र दीपक राज पराजुली छन्।
घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










