मन्त्रिपरिषद्‍मा सोविताको बढुवा, चार जनालाई उछिनेर पुगिन् तेस्रो वरीयतामा, को-को पछाडि धकेलिए?

बिजमाण्डू
२०८३ मंसिर १० गते १६:२९ | Nov 26, 2026
मन्त्रिपरिषद्‍मा सोविताको बढुवा, चार जनालाई उछिनेर पुगिन् तेस्रो वरीयतामा, को-को पछाडि धकेलिए?
प्रधानमन्त्री र मन्त्रीहरु। फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले कानुनमन्त्री सोविता गौतमको बढुवा गरेका छन्। बालेनले सोवितालाई वरीयतामा तीन नम्बरमा ल्याएका छन्।

GBIME
Tata

सोविता यसअघि वरीयतामा ७औं नम्बरमा रहेकामा चार जनालाई पछि पारेर तेस्रो नम्बरमा आइपुगेकी हुन्। सोविता सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापति छिन्।

सोविताले बढुवा पाउँदा वरीयतामा परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल एक एक स्थान पछाडि धकेलिएका छन्।

प्रधानमन्त्री बालेनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका हुन्। बाँकी मन्त्रीको वरीयता यथावत छ।