एनआइसी एसिया बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन

बिजमाण्डू
२०८३ मंसिर १० गते १७:०३ | Nov 26, 2026
एनआइसी एसिया बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं। एनआइसी एसिया बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले बैंकको सेयर मूल्य बिहीबार समायोजन गरेको हो।

GBIME
Tata

एनआइसी एसियाले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ। समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २५० रुपैयाँ कायम भएको छ। बैंकको सेयर बिहिबार अन्तिममा प्रति कित्ता ३२५ रुपैयाँका दरले किनबेच भएको थियो।

समायोजनपछि कायम मूल्यमा शुक्रबार सेयर कारोबार खुल्नेछ।

यस्तै, ग्लोबल आइएमई लघुवित्तको पनि सेयर मूल्य समायोजन भएको छ। लघुवित्तको सेयर बिहीबार अन्तिममा प्रति कित्ता १ हजार १११ रुपैयाँमा कारोबार भएकामा समायोजनपछि १०४८ रुपैयाँ कायम भएको छ।

लघुवित्तले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।