सेयर बजार १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा, ५ अर्ब ४८ करोडको किनबेच

बिजमाण्डू
२०८३ मंसिर १० गते १५:१४ | Nov 26, 2026
सेयर बजार १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा, ५ अर्ब ४८ करोडको किनबेच

काठमाडौं। तीन दिन लगातार बढेको सेयर बजार बिहीबार घटेको छ। नेप्से परिसूचक १०.८९ अंक घटेर २६३६.७५ विन्दुमा आएको छ।

GBIME
Tata

कारोबारमा आएका इन्भेष्टमेन्ट बाहेकका उपसमूहले बजार घटाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ। बजारमा १७९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। एभरेष्ट कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले ओरालो लागेको छ।

बजारमा सेयरमूल्य बढेका ८६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ। १४ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सूचकसँगै कारोबार रकम घटेको छ। बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएकामा बिहीबार ५ अर्ब ४८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

हिमालय ऊर्जा विकासको सबैभन्दा धेरै २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, पिपुल्स हाइड्रोपावरको २२ करोड ७६ लाख र एनआइसी एसिया बैंकको १८ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।