विमानस्थलबाट फेरि समातियो डेढ किलो सुन, चिनियाँ नागरिकले खल्तीमा लुकाएका थिए

बिजमाण्डू
२०८३ मंसिर २ गते १२:५५ | Nov 18, 2026
विमानस्थलबाट फेरि समातियो डेढ किलो सुन, चिनियाँ नागरिकले खल्तीमा लुकाएका थिए

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुन सहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

GBIME
Tata

एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले  नियन्त्रणमा लिएको हो। बधुबार बिहान साढे ११ बजेतिर दुबईबाट हिमालयन एयरलाइन्सबाट उनी नेपाल आएका थिए। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा निजले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुनको चार वटा पोका फेला परेको थियो।

यसअघि मात्रै मंगलबार राति डेढ बजे प्रहरीले १८ सय ग्राम सुनसहित अर्का चिनियाँ नागरिक पक्राउ गरेको थियो। उनी हङकङबाट काठमाडौं आएका थिए।