काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुन सहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो। बधुबार बिहान साढे ११ बजेतिर दुबईबाट हिमालयन एयरलाइन्सबाट उनी नेपाल आएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा निजले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाइछिपाइ ल्याएको सुनको चार वटा पोका फेला परेको थियो।
यसअघि मात्रै मंगलबार राति डेढ बजे प्रहरीले १८ सय ग्राम सुनसहित अर्का चिनियाँ नागरिक पक्राउ गरेको थियो। उनी हङकङबाट काठमाडौं आएका थिए।