इन्टरनेट सेवा प्रदायक कम्पनीसँग प्राधिकरणले माग्यो आय विवरण, १० दिनको समय

बिजमाण्डू
२०८३ मंसिर २ गते ११:२४ | Nov 18, 2026
इन्टरनेट सेवा प्रदायक कम्पनीसँग प्राधिकरणले माग्यो आय विवरण, १० दिनको समय

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग आय विवरण मागेको छ।

GBIME
Tata

प्राधिकरणले गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष असोज मसान्तसम्मको इन्टरनेट र उपकरण बिक्री तथा मर्मत सम्भारबापतको आय विवरण मागेको हो।

प्राधिकरणले बुधबार दूरसञ्चार सेवा दस्तुर रकम, दाखिला गरेको मिति र ढिला बुझाएको भए दाखिला गरेको ब्याज रकमको विवरण पनि मागेको छ।

यी विवरण पेस गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १० दिनको समय दिइएको छ।