काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग आय विवरण मागेको छ।
प्राधिकरणले गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष असोज मसान्तसम्मको इन्टरनेट र उपकरण बिक्री तथा मर्मत सम्भारबापतको आय विवरण मागेको हो।
प्राधिकरणले बुधबार दूरसञ्चार सेवा दस्तुर रकम, दाखिला गरेको मिति र ढिला बुझाएको भए दाखिला गरेको ब्याज रकमको विवरण पनि मागेको छ।
यी विवरण पेस गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १० दिनको समय दिइएको छ।