सुनचाँदीको भाउ घट्ने क्रम रोकिएन, तिहारपछि सुन तोलामा १७ हजार १०० रुपैयाँ सस्तियो

बिजमाण्डू
२०८३ मंसिर १ गते ११:३२ | Nov 17, 2026
सुनचाँदीको भाउ घट्ने क्रम रोकिएन, तिहारपछि सुन तोलामा १७ हजार १०० रुपैयाँ सस्तियो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तिहारपछि लगातार ओरालो लागेको छ। सुन मंगलबार तोलामा १ हजार ९०० रुपैयाँले सस्तिएको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ६७ हजार २०० रुपैयाँमा झरेको छ। सुनको भाउ सोमबार तोलामा ११०० र आइतबार १५०० रुपैयाँ घटेको थियो।

सुन कात्तिक २३ गते प्रति तोला २ लाख ८४ हजार ३०० रुपैयाँका दरले किनबेच भएकामा तिहार सकिएपछि २७ गते २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो।

चाँदीको भाउ घट्ने क्रम पनि रोकिएको छैन। चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर ३ हजार ४९० रुपैयाँमा आइपुगेको छ। चाँदी कात्तिक २३ गते प्रति तोला ३ हजार ८५५ रुपैयाँका दरले किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य मंगलबार प्रति औंस ३८८२.५९ डलर र चाँदीको भाउ प्रति औंस ४७.७३ डलर छ।