निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिट यसपालि पनि बिग्रियो, नाफा १.२३ अर्ब रुपैयाँ ऋणात्मक

बिजमाण्डू
२०८३ कात्तिक ३० गते १८:३१ | Nov 16, 2026
निर्जीवन बीमा कम्पनीको ब्यालेन्स सिट यसपालि पनि बिग्रियो, नाफा १.२३ अर्ब रुपैयाँ ऋणात्मक

काठमाडौं। बाढीपहिरोले पुर्‍याएको क्षतिका कारण दायित्व बढ्दा निर्जीवन बीमा कम्पनीको नाफा प्रभावित भएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश निर्जीवन बीमा कम्पनी घाटामा गएका छन्।

GBIME
Tata

निर्जीवन बीमा कम्पनीहरुको नाफा असोज मसान्तसम्म १ अर्ब २३ करोड रुपैयाँ ऋणात्मक देखिएको छ। पोहोर यसै अवधिमा पनि ती कम्पनीको नाफा १ अर्ब ९५ करोड ऋणात्मक थियो।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले भएको क्षतिका कारण सिर्जित दायित्वले निर्जीवन बीमा कम्पनी यसपालि पनि घाटामा गएका हुन्। पहिलो त्रैमासमा ८ वटा निर्जीवन बीमा कम्पनी घाटामा देखिएका छन्।

पोहोर जेनजी आन्दोलन भएको तोडफोड र आगजनीले गर्दा १२ वटा कम्पनी घाटामा गएका थिए।

यसपालि प्रभु इन्स्योरेन्सले नाफा बढाएको छ भने नेसनल इन्स्योरेन्सको नाफा घटेको छ।

कुन बीमा कम्पनीको नाफा कति?

निर्जीवन बीमा कम्पनी२०८३/८४
साउन-असोजको नाफा
२०८२/८३
साउन-असोजको नाफा
फरक
हिमालयन एभरेष्ट-४०११६४१८३-१०९३३७३९९–
आइजीआई प्रुडेन्सियल ३०३२४८७३-२०७६०१५१२–
नेसनल७०१२४१३८१७७०६५-९८.१६
नेको-८१८७१५६२-८३१३४६५६–
नेपाल इन्स्योरेन्स-२०४७०२७१८-९६३७८६७८–
एनएलजी३५३४३२६४-१०१०५२२८१–
प्रभु६६८०१५८२६३१३९७५०५.७९
राष्ट्रिय बीमा कम्पनी३१८२१७०५६-९९५०९८३०–
सगरमाथा-२०९८३२८१५-२६७३७२२१४–
सानिमा जीआईसी-२९३७७६०७३-२००२०३६२५–
सिद्धार्थ प्रिमियर-१६१५५६१३६-२९८५४१७६६–
शिखर४११२१४५५-१५८५८६४१९–
अजोड-५२९८४८७३-१५११९३३३२–
ओरेन्टल-३२६०९१९६४-२८४८६०७३५–
जम्मा-१२३९४७०८५३-१९५६४५५६३२-३६.६४
स्रोत : बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

चालु आवको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले ७ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यो रकम पोहोर सोही अवधिको तुलनामा ३९.६३ प्रतिशतले बढी हो। पोहोर पहिलो त्रैमासमा निर्जीवन बिमा कम्पनीले ५ अर्ब ६९ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेका थिए।

यसपालि असोजसम्म ९ वटा कम्पनीको दाबी भुक्तानी बढेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको दाबी भुक्तानी सबैभन्दा धेरै १७६.७५ प्रतिशतले बढेको छ भने सबैभन्दा कम अजोड इन्स्योरेन्सको १८.३३ प्रतिशतले वृद्धि भएको छ। ५ कम्पनीको दाबी भुक्तानी भने घटेको छ।

कुन बीमा कम्पनीको दाबी भुक्तानी कति?

निर्जीवन बीमा कम्पनी२०८३/८४ साउन- असोजको
बीमा दाबी भुक्तानी
२०८२/८३ साउन-असोजको
बीमा दाबी भुक्तानी
दाबी भुक्तानी फरक
(प्रतिशतमा)
हिमालयन एभरेष्ट५१८२९७७७७३२९३३८४४६५७.३८
आइजीआई प्रुडेन्सियल ११२५६७६९९८४८३०५१५२९१३३.०३
नेसनल१५१३१८३३२१५४७४४१५५-२.२१
नेको४३१६८३०७७५२९९८०२८३-१८.५५
नेपाल इन्स्योरेन्स२२८९७४८२११८२३१७८२०२५.५९
एनएलजी५५३३५४३२२६४२३०४००९-१३.८५
प्रभु१४४७०६७९३१०७६४४८०६३४.४३
राष्ट्रिय बीमा कम्पनी११६१७८९६१४५९०३१४६१५३.१
सगरमाथा६७३९४३४२४१०८१६६५३६२-३७.६९
सानिमा जीआईसी२०३०६९६३४३३७६४८८२४-३९.८६
सिद्धार्थ प्रिमियर१५११२२७२५९५४६०५५४८२१७६.७५
शिखर१३४००३१२११६८०२२४१८३९७
अजोड३९८२९२६६३३३६५९८४७८१८.३३
ओरेन्टल५४९६१५९८७२३३५५६५०७१३५.३२
७९४६३७१२५९५६९१०३३०३०३९.६३
स्रोत : बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

दाबी भुक्तानी बढेसँगै निर्जीवन बीमा कम्पनीको लगानी प्रतिफल समेत संकुचित भएको छ। असोज मसान्तसम्म ९ वटा कम्पनीको लगानी प्रतिफल घटेको छ। ५ वटाको भने लगानी प्रतिफल बढेको छ।

बीमा कम्पनीको प्रिमियम शुल्क आर्जनमा भने झिनो सुधार देखिएको छ। बीमा शुल्क ४३ लाख रुपैयाँ बढेको छ।

कुन बीमा कम्पनीको ब्याज आम्दानी कति?

निर्जीवन बीमा कम्पनी२०८३/८४ साउन- असोजको
ब्याज आम्दानी
२०८२/८३ साउन- असोजको
ब्याज आम्दानी
ब्याज आम्दानी फरक (प्रतिशतमा)प्रिमियम शुल्कप्रिमियम शुल्क
हिमालयन एभरेष्ट३६२१२७७७४११३७८३३-११.९७२७६२९७२०७६२४१५१४२३
आइजीआई प्रुडेन्सियल ५८५१८७१९७६२३०२२१-२३.२३३४६१०९५४८२४१२१९०१६
नेसनल२१४८५५५३१२४३७६०९७२.७४१२९५९३३०५९१४०६७९०
नेको४२५५७०३५५२८७६०५७-१९.५१३४०३७०५९२२९५४०७३४४
नेपाल ६११०२५३६५०२३०१३९२१.६४१८२५००८६१२०७९३८७२७
एनएलजी४७११३५९१४६८७४६७००.५०२११०४२४६०१७५७७७३६८
प्रभु५५३९३९८३५६९३३४४९-२.७०१७७८०७५४७१२०७५२७०३
राष्ट्रिय बीमा कम्पनी२७४९७६३१२५३७००३९८४१२.०५३४३३५२८४३८०२५७४७
सगरमाथा४०७९७२८३६३७७८२८७-३६.०३५६९३८३४२८६२११३४४७९
सानिमा जीआईसी३४७६१४४८२९०८०६८४१९.५३१३१२७०८२३१११९९७१५४
सिद्धार्थ प्रिमियर७०३१६९२९९६४१३१२३-२७.०६२६६९२३६४५३०९०१२९४८
शिखर४२८९७३६८६६०१०५९१-३५.०१३३०८९३३२९२९०७८६००३
अजोड३३४५००६५४३३१६२०३-२२.७७३४६२९९७३९२४५५५८२५६
ओरेन्टल३८०५०७०७४५२३६७७९-१५.८८३१५५२७७०७२८०८५७५६६
८५७६३४३०६७३४२५६०४३१६.८०३६५८३५५४७५३६५४०२५५२४
स्रोत : बीमा कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण