एसियन क्लियरिङ युनियनको ५४औं बैठक भोलिदेखि काठमाडौंमा, ११ देशका गभर्नर सहभागी हुने

बिजमाण्डू
२०८३ कात्तिक ३० गते १५:४२ | Nov 16, 2026
एसियन क्लियरिङ युनियनको ५४औं बैठक भोलिदेखि काठमाडौंमा, ११ देशका गभर्नर सहभागी हुने

काठमाडौं। एसियन क्लियरिङ युनियन (एसीयू)को ५४औं बैठक मंगलबारदेखि काठमाडौंमा हुँदैछ।

GBIME
Tata

एसीयूको स्टान्डिङ टेक्निकल कमिटी र सञ्चालक समितिको बैठक तीन दिनसम्म सञ्चालन हुनेछ। एसीयूमा हाल नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार, बेलारुस, इरान र मौरिसस गरी ११ देशका केन्द्रीय बैंक सदस्य छन्। बैठकमा सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारी सहभागी हुनेछन्।

सन् १९७४ मा स्थापना भएको एसीयूले सदस्य राष्ट्रहरूबीचको व्यापारिक भुक्तानीलाई सहज बनाउन काम गर्छ। यसको सचिवालय इरानको तेहरानमा छ।

नेपालले भारतबाहेक अन्य एसीयू सदस्य राष्ट्रसँग हुने ५०० अमेरिकी डलरभन्दा बढीका व्यापारिक कारोबार यही प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ।