काठमाडौं। क्रिसमसलाई लक्षित गर्दै दुसित थानी हिमालयन रिसोर्टले परम्परागत केक मिक्सिङ कार्यक्रम गरेको छ।
क्रिसमसको पुरानो परम्परालाई नयाँ अनुभवसँग जोड्दै आइतबार आयोजना गरिएको कार्यक्रममा कर्पोरेट क्षेत्रका प्रतिनिधि, व्यवसायी र विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन्।

केक मिक्सिङ क्रिसमसअघि गरिने एक परम्परागत गतिविधि हो। यसमा विभिन्न प्रकारका ड्राइ फ्रुट्स, नट्स र अन्य सामग्रीलाई जुससँग मिसाएर क्रिसमस केक तयार गरिन्छ। क्रिसमसको केही साताअघि नै गरिने यस्तो अभ्यासले पर्वको तयारीलाई थप विशेष बनाउँछ।

कार्यक्रमले होटलको आतिथ्य संस्कृतिलाई प्रवर्धन गर्नुका साथै कर्पोरेट क्षेत्र र विभिन्न समुदायबीच सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको होटलका महाप्रबन्धक अंकित शर्माले बताए।

‘हामीले दुसित थानीमा पहिलोपटक केक मिक्सिङ कार्यक्रम गरेका हौं। यो प्रि-क्रिसमसको परम्परा हो,’ शर्माले भने, ‘हामीलाई केक मिक्सिङमा सबै क्षेत्रका व्यक्तिले साथ दिनु भएको छ। यसले कार्यक्रम केक मिक्सिङमा मात्र सीमित नभइ नेटवर्किङ र सम्बन्ध विस्तारमा पनि उपयोग भएको छ।’










