काठमाडौं। लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग पराजित भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौंले ३६ रनले हराउँदै लुम्बिनीको अपराजित यात्रामा ब्रेक लगाएको हो। दोस्रो संस्करण र यो संस्करण गरी लुम्बिनी १० खेलमा अपराजित थियो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९.३ ओभरमा १२४ रन बनाएर अलआउट भयो।

काठमाडौंले सानदार सुरुवात गरेर औशत फिनिसिङ गर्दा लुम्बिनीले चाहीँ लज्जास्पद सुरुवात गरेको बलियो फिनिस गर्न सफल भयो। भलै, उसले खेल गुमायो।
१६१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ४.३ ओभर पुग्दा २८-६ को निक्कै अफ्ठेरो स्थितिमा पुगिसकेको थियो। शीर्षक्रम र मध्यक्रम कोल्याप्स्ड भए पनि तल्लो क्रममा आएका सन्दीप जोराले इनिङ्सलाई अघि लगे। उनले ४५ बलमा ३ चौकाको सहायतामा ४४ रन बनाए। उनीबाहेक तल्लो क्रमकै अभिषेश गौतमले १६, शेर मल्लले १२ तथा रुबेन ट्रम्पलमेनले ११ रन बनाए।

बलिङमा काठमाडौंका जहानदाद खानले ४ विकेट लिँदा करण केसीले २ तथा साहब आलम, सन्तोष यादव, राशिद खान र शेहान अरागिचेलले समान १ विकेट लिए।
त्यसअघि काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंले प्रभावशाली ब्याटिङ सुरुवात गर्दै सुरुवाती १० ओभरमै ९० रन बनाइसकेको थियो। त्यसपछि भने लुम्बिनीका बलर हाबी हुँदै काठमाडौंको गति रोके।
१६.२ ओभरमा पुग्दा काठमाडौं ११७-४ को स्थितिमा थियो। त्यस्तै, इनिङ्स टुंगिँदा काठमाडौं १६०/६ को स्थितिमा रह्यो।


काठमाडौंका लागि डेभिड वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरे। वार्नरले ५० बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६६ रन बनाए। उनलाई शेर मल्लले सुन्दीप जोराबाट क्याचआउट गराए।
त्यस्तै, करण केसी तेस्रो नम्बरमा ब्याटिङ गर्न आए पनि ९ रनभन्दा धेरै रन बनाउन सकेनन्। सहान अरागिचे भने १५ बलमा ३४ रन बनाउँदै अविजित रहे।


बलिङमा लुम्बिनीका अभिषेश गौतम, शेर मल्ल र रुबेन ट्रम्पलमेनले समान २ विकेट लिए।
लुम्बिनी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदै छ।
जारी संस्करणमा ४ खेलबाट ७ अंक बनाएको लुम्बिनी एकमात्र अपराजित टोली हो भने काठमाडौंले ३ खेलबाट ४ अंक बनाएको छ। शीर्षस्थानको लुम्बिनी आजको खेल जितेर आफूलाई अझ बलियो स्थितिमा पुर्याउने लक्ष्यमा रहनेछ भने काठमाडौं ६ अंक बनाएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ।


जितसँगै ४ खेलबाट ६ अंक बनाएको काठमाडौं गोर्खाज तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ५ खेलबाट ७ अंक बनाएको लुम्बिनी भने तालिकाको शीर्षस्थानमा छ।
आइतवार एनपीएलमा कुनै खेल छैन।










