याक एण्ड यतीमा होली प्याकेज, ‘लाउन्ज ७७’ मा बेभरेजमा ‘दुई लिए एक फ्री’



बिजमाण्डू
२०७८ चैत्र २ गते ०९:५६ | Mar 16, 2022
याक एण्ड यतीमा होली प्याकेज, ‘लाउन्ज ७७’ मा बेभरेजमा ‘दुई लिए एक फ्री’

काठमाडौं। दरबारमार्गस्थित होटल याक एण्ड यतीले होली पर्वलाई ध्यानमा राख्दै पाहुना लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ। होटलको 'लाउन्ज-७७' बारमा स्वादिष्ट खानपिन सेवासँगै विशेष पेयपदार्थ खरिदमा 'बाइ टु गेट वन फ्री' को अफर ल्याएको हो।

Tata
GBIME
Nepal Life

होटलका अनुसार यो योजना बिहीबार बिहान १० देखि राति १० बजेसम्मका लागि लागू हुने व्यवस्थापनले जनाएको छ। 'लाउन्ज ७७' मा दिइने प्लाटरको मूल्य करबाहेक ७ सय ७७ रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी डिनर प्याकेज अन्तर्गत पाहुनाले कुल बिलको ७८ प्रतिशत शुल्क मात्र भुक्तानी गरे पुग्ने होटलले जनाएको छ। स्पाइस रुम र द चिमनी रेष्टुरेण्टमा लिन सकिने डिनर सेवा साँझ ५ देखि राति १० बजेसम्मका लागि लागू हुने जनाइएको छ।

कोभिड-१९ को संक्रमण नियन्त्रणमा आएसँगै होटलमा विदेशी पर्यटकको आवागमन क्रमिक रुपमा वृद्धि हुन थालेको जनाइएको छ।