चालु वर्षकै सबैभन्दा कम माघ महिनामा भित्रियो रेमिटेन्स, ७१ अर्ब ६७ करोडमा रेमिटेन्स खुम्चियो



बिजमाण्डू
२०७८ फागुन २७ गते १३:५७ | Mar 11, 2022
चालु वर्षकै सबैभन्दा कम माघ महिनामा भित्रियो रेमिटेन्स, ७१ अर्ब ६७ करोडमा रेमिटेन्स खुम्चियो

काठमाडौं। चालु आर्थिक वर्ष लागेपछिको सबैभन्दा कम रेमिटेन्स माघ महिनामा भित्रिएको छ। विदेशमा काम गर्न जाने नेपालीले माघमा ७१ अर्ब ६७ करोड रुपैयाँ रेमिटेन्स पठाएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको माघ महिनासम्मको विवरण सार्वजनिक गर्दै रेमिटेन्स घटेको जनाएको छ। माघसम्म कुल ५ खर्ब ४० अर्ब १२ करोड रेमिटेन्स भित्रिएको छ।

पुसमा रेमिटेन्स ७९ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको थियो। त्यसअघि मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको थियो।

रेमिटेन्स घटेपनि आयात व्यापार कम भएको छ। पुसमा १ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँको आयात भएकोमा माघमा एक खर्ब ४८ अर्ब १२ करोड रुपैयाँको भएको छ। राष्ट्र बैंकले आयात नियन्त्रण गर्न मार्जिनको व्यवस्था गरेको छ। यसले गर्दा आयात कम भएको हो।

आयात कम भएका कारण शोधनान्तर घाटा बढे पनि वृद्धि दर कम छ। मंसिरमा एक खर्ब ९५ अर्ब एक करोड घाटामा रहेको शोधनान्तर पुसमा २ खर्ब ४१ अर्ब २३ करोड पुगेको थियो। माघमा केही बढे पनि वृद्धि दर कम छ। २ खर्ब ४७ अर्ब ३ करोड घाटा पुगेको छ।

चालु खाता घाटा ४ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड नाघेको छ।