एनपीएल विजेताले ट्रफीसँगै डेढ करोड रुपैयाँ पुरस्कार पाउने, दोस्रो हुनेलाई कति?

बिजमाण्डू
२०८३ कात्तिक ८ गते १६:४० | Oct 25, 2026
एनपीएल विजेताले ट्रफीसँगै डेढ करोड रुपैयाँ पुरस्कार पाउने, दोस्रो हुनेलाई कति?


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले डेढ करोड रुपैयाँ पाउने भएको छ।

GBIME
Tata

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी विजेतालाई ट्रफीसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

एनपीएलको तेस्रो सिजन सोमबार सुरु हुँदैछ। एक महिनासम्म चल्ने एनपीएलको उपविजेताले ८० लाख. तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्।

एनपीएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन्।