काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) विजेताले डेढ करोड रुपैयाँ पाउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गरी विजेतालाई ट्रफीसँगै १ करोड ५० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।
एनपीएलको तेस्रो सिजन सोमबार सुरु हुँदैछ। एक महिनासम्म चल्ने एनपीएलको उपविजेताले ८० लाख. तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ पाउनेछन्।
एनपीएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्दैछन्।