एमसीसीमा एमालेको साथ खोजेको कांग्रेसले आज पनि छलफल गर्दै, सरकारको समीकरण फेरिन्छ?



बिजमाण्डू
२०७८ फागुन १३ गते ०९:३८ | Feb 25, 2022

काठमाडौं। संसद् अवरोध हटाई एमसीसी सम्झौता प्रस्ताव अघि बढाउने विषयमा आज पनि सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच छलफल हुने भएको छ।

Tata
GBIME
Nepal Life

एमसीसी सम्झौता प्रस्तावको सैद्धान्तिक छलफलका लागि हिजो बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो। दिउँसो १ बजे बस्ने बैठक अगावै दुई दलबीच छलफल हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

हिजो भएका छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको थियो। गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको साथ खोजिरहेका छन्। 

'संसद अवरोध हटाउने विषयमा छलफल भइरहेको छ। हिजोको सहमतिका लागि भएको छलफलले आजको संसद् बैठकअघि पनि निरन्तरता पाउँछ,' एमाले नेता सुवास नेम्वाङले भने, 'तर कुनै सहमति भने भइसकेको छैन।'

हिजोको छलफलमा भने एमाले अध्यक्ष केपी ओलीले पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाही वा सभामुख हटाउनुपर्ने अडान दोहोर्‍याएका थिए। यदि कुरा नमिले सरकारको समीकरण फेरिन सक्ने स्रोतहरु बताउँछन्।