हुन्डाईले लन्च गर्‍यो विद्युतीय गाडी ‘आयोनिक–५’, मूल्य ८०.९६ लाख रुपैयाँदेखि सुरु



बिजमाण्डू
२०७८ फागुन १२ गते १३:०० | Feb 24, 2022
हुन्डाईले लन्च गर्‍यो विद्युतीय गाडी ‘आयोनिक–५’, मूल्य ८०.९६ लाख रुपैयाँदेखि सुरु

काठमाडौं। लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ विद्युतीय गाडी आयोनिक–५ बिक्री सुरु गरेको छ।  आयोनिक–५ विश्वभर चर्चामा रहेको मोडल भएको भन्दै हुन्डाईले बोल्ड, युनिक र डाइनामिक डिजाइनमा गाडी तयार गरेको जनाएको छ। 

Tata
GBIME
Nepal Life

हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ समेत पाएको कम्पनीले जनाएको छ। आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी ब्याट्री विद्युतीय गाडी प्लेटफर्म’मा बनेको बताइएको छ। 

इनर्जी इफिसियन्सी, पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन गाडी सफल हुने विश्वास कम्पनीले लिएको छ। हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’मा निर्माण गरेको आयोनिक–५ मा रियर ह्वील ड्राइभ सिस्टम जडान गरिएको छ।

गाडीमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सीङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर जोडिएको कम्पनीले जनाएको छ। 

हुन्डाईले इभीको लागि मात्रै बन्ने शोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनिकसहित आयोनिक ५ राखिने जनाएको छ। कम्पनीले गाडीको मूल्य ८० लाख ९६ हजार र ८१ लाख ७६ हजार रुपैयाँ तोकेको छ। 

अहिलेसम्म हुन्डाईले ६० वटा गाडी बुकिङ भइसकेको कम्पनीले जनाएको छ। ६० मध्ये ३० वटा गाडी मार्च भित्रै डेलिभरी गर्ने लक्ष्य कम्पनीको छ।

कम्पनीले इभी बिक्री मात्रै नभएर नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तेयारी गरेको छ। कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।      

कम्पनीले देशका प्रमुख शहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ।