पाँच प्रतिशतमा उठाइरहेको सापटीको ब्याज दर सात प्रतिशत पुग्यो, राष्ट्र बैंकले बढायो एसएलएफको दर



बिजमाण्डू
२०७८ फागुन ५ गते १९:५९ | Feb 17, 2022

काठमाडौं। बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले ३९ खर्ब ५ अर्ब ३३ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) चलाइसकेका छन्, जुन अहिलेसम्मकै उच्च हो।

Tata
GBIME
Nepal Life

२०७८ साउन १३ गतेदेखि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक बिदाका दिनबाहेक हरेक दिन एसएलएफ चलाइरहेका छन्। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नका लागि बैंकहरुले सात दिनका लागि राष्ट्र बैंकबाट यो सुविधा पाउँछन्। 

अहिलेसम्म यसको ब्याज दर पाँच प्रतिशत थियो। बिहीबार राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै ब्याज दर सात प्रतिशत पुर्‍याएको छ। अब बैंक तथा वित्तीय संस्थाहरुलाई छोटो अवधिको तरलता ब्यवस्थापन गर्न पनि महँगो पर्ने भएको छ।

बिहीबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ३६ अर्ब ८० करोड एसएलएफ चलाएका छन्। बैंकहरुले चालु बर्ष तरलता अभाव चर्किएपछि एकैदिन ५८ अर्ब रुपैयाँसम्म एसएलएफ चलाएका छन्।