कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचितः महामन्त्रीमा पौडेल, राणा र संग्रौला

बिजमाण्डू
२०८३ असोज २५ गते २३:११ | Oct 11, 2026
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचितः महामन्त्रीमा पौडेल, राणा र संग्रौला


काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनमा उपसभापति, महामन्त्रीसहितका पदको मतगणना सकिएको छ। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा गर्न भने बाँकी छ।

GBIME
Tata

निर्वाचन समितिका अनुसार उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। भण्डारी र आचार्य खुलामा तथा चौधरी समावेशीमा निर्वाचित भएका हुन्।

महामन्त्री खुलामा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला पन्त निर्वाचित भएका छन्।