काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशनमा उपसभापति, महामन्त्रीसहितका पदको मतगणना सकिएको छ। निर्वाचन समितिले औपचारिक रुपमा परिणाम घोषणा गर्न भने बाँकी छ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। भण्डारी र आचार्य खुलामा तथा चौधरी समावेशीमा निर्वाचित भएका हुन्।
महामन्त्री खुलामा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला पन्त निर्वाचित भएका छन्।