पञ्चकन्या माई हाइड्रोपावरको नाफामा उत्साहजनक वृद्धि, जगेडा कोष भने नोक्सानीमै



बिजमाण्डू
२०७८ माघ २७ गते १३:५० | Feb 10, 2022

काठमाडौँ। पञ्चकन्या माई हाइड्रोपावरको नाफामा उत्साहजनक वृद्धि देखिएको छ।  गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ८२ लाख रुपैँया घाटामा रहेको हाइड्रोपावरले चालु आर्थिक वर्षको सोहि अवधिमा ७ करोड ६६ लाख रुपैँया खुद नाफा कमाएको छ। 

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब १० करोड रुपैँया चुक्ता पुँजी रहेको पञ्चकन्या माई हाइड्रोपावरलेको जगेडा कोष १२ करोड १५ लाख रुपैँया नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा जगेडा कोषको नोक्सानी भने ४६.४६ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हाइड्रोपावरको जगेडा कोष २२ करोड ६९ लाख रुपैँया नोक्सानीमा रहको थियो। 

कम्पनीले समीक्षा अवधिमा विद्युत बिक्री बापत २४ करोड ४४ लाख रुपैँया आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.५२ प्रतिशतको बढोत्तरी हो। गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड ३ लाख रुपैँया रहेको थियो। 

यस अवधिमा हाइड्रोपावरले आफ्नो लगानी रहेको अपर माई जलविद्युत आयोजना मार्फत १५ करोड २८ लाख रुपैयाँ र अपर माई क्यास्केड पावर प्लान्ट आयोजना मार्फत ९ करोड १६ लाख रुपैयाँ गरी कुल २४ करोड ४४ लाख रुपैयाँ आम्दानी संकलन गरेको हो।  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा पञ्चकन्या माई हाइड्रोपावरको प्रति शेयर आम्दानी ६.९७ रुपैयाँ, प्रति शेयर नेटवर्थ  ८८.९५ रुपैंया र मूल्य आम्दानी अनुपात ५६.३८ गुणा रहेको तथ्यांकले देखाएको छ।