‘अप्टोजेनेटिक्स’बारे अनुसन्धान गरेका ३ जना विज्ञलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार

बिजमाण्डू
२०८३ असोज १९ गते १५:५३ | Oct 5, 2026
‘अप्टोजेनेटिक्स’बारे अनुसन्धान गरेका ३ जना विज्ञलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार


काठमाडौं । सन् २०२६ को नोबेल चिकित्सा पुरस्कार अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ सहित ३ जनालाई प्रदान गरिने भएको छ।

Vigo
GBIME
Tata

उनीसँगै जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।

जीवित मस्तिष्कमा स्नायु कोषहरुले कसरी स्मृति, भावना र व्यवहारहरु निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ।