काठमाडौं । सन् २०२६ को नोबेल चिकित्सा पुरस्कार अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ सहित ३ जनालाई प्रदान गरिने भएको छ।
उनीसँगै जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ।
जीवित मस्तिष्कमा स्नायु कोषहरुले कसरी स्मृति, भावना र व्यवहारहरु निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ।