कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको निम्ता, मञ्च धमाधम तयार गरिंदै

बिजमाण्डू
२०८३ असोज १६ गते १५:१३ | Oct 2, 2026
कांग्रेस महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको निम्ता,  मञ्च धमाधम तयार गरिंदै


काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशन उद्‍घाटनका लागि पूर्वसभापति शेरबहादुर देउवालाई निम्ता दिएको छ।

Vigo
GBIME
Tata

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशन उद्‍घाटनका लागि देउवालाई निम्ता दिइएको हो। देउवा पक्षले भने मंसिर अन्तिम साता महाधिवेशन गर्नका लागि अहिले वडा अधिवेशन गरिरहेको छ।

कांग्रेसको १५औं महाधिवेशन १८ गते सुरु हुँदैछ। उद्‍घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तालिका छ। त्यसका लागि अहिले धमाधम मत्र्च तयार पार्ने काम भइरहेको छ।

कांग्रेसले उद्‍घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायतलाई निम्तो दिइसकेको छ।

प्रवक्ता चालिसेका अनुसार महाधिवेशनमा देशभरबाट करिब ७ हजार महाधिवेशन सहभागि हुनेछन्। महाधिवेशनको बन्दसत्र भने राष्ट्रिय सभागृहमा हुनेछ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तालिका छ। प्रवक्ता चालिसेले उम्मेदवारहरुलाई वातावरणमैत्री प्रचारप्रसार गर्न आग्रह गरेका छन्।

‘महाधिवेशनमा तामझामसहित प्रचारप्रसार सामग्री टाँसिंदैन, सकेसम्म प्रविधिको प्रयोग गर्न उम्मेदवारहरुलाई आग्रह गरिएको छ। वातावरणमैत्री प्रचारप्रसार गर्ने नीति पार्टीले लिएको छ,´ प्रवक्ता चालिसेले भने।