तराईको सीमा क्षेत्रमा सशस्त्रका महानिरीक्षक: राजस्व छलीमा निर्मम हुन निर्देशन

बिजमाण्डू
२०८३ असोज १६ गते १२:१४ | Oct 2, 2026
तराईको सीमा क्षेत्रमा सशस्त्रका महानिरीक्षक: राजस्व छलीमा निर्मम हुन निर्देशन


काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मधेस प्रदेशस्थित सीमा नाकाहरूको अनुगमनलाई तीब्रता दिएका छन्।

Vigo
GBIME
Tata

केही दिनअघि कञ्चनपुरमा भन्सार अधिकृत र सशस्त्र प्रहरीको अडियो प्रकरणपछि प्रहरीको मनोबल खस्किएको बेला पौडेलको सक्रियता बढेको हो। अडियो प्रकरणपछि आफ्ना मातहतलाई राजस्व सम्बन्धी सामान नियन्त्रण गर्दा महानिरीक्षकलाई जानकारी गराउन पत्राचार समेत गरिएको थियो।

महानिरीक्षक पौडेलले तराइका सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध नियन्त्रणमा निर्मम बन्न निर्देशन दिए।

बिहीबार मधेस प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी लगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोस्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सो निर्देशन दिएका थिए।

महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवं समसामयिक विषयमा हाल भइरहेका काम कारबाहीबारे जानकारी लिएका थिए। उनले राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी भएर काम गर्न निर्देशन दिए।