सिद्धार्थ बैंकको सेयर मूल्य नेप्सेले गर्‍यो समायोजन, भोलि कतिमा खुल्छ कारोबार?

बिजमाण्डू
२०८३ असोज १५ गते १६:५० | Oct 1, 2026
सिद्धार्थ बैंकको सेयर मूल्य नेप्सेले गर्‍यो समायोजन, भोलि कतिमा खुल्छ कारोबार?


काठमाडौं। सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले बिहीबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Vigo
GBIME
Tata

बैंकको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ४१८.०९ रुपैयाँ कायम भएको छ। बिहीबार अन्तिममा सिद्धार्थको सेयर प्रति कित्ता ४५९.९० रुपैयाँमा किनबेच भएको थियो।

समायोजनपछि कायम मूल्यमा शुक्रबार सेयर कारोबार खुल्नेछ।

बैंकले पोहोरको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्दैछ।