राहुघाट आयोजनामा उत्पादन थालेको तेस्रो दिनमै क्षति, बाढीले बगायो टेलरेसको गेट

बिजमाण्डू
२०८३ असोज ११ गते १३:२८ | Sep 27, 2026
राहुघाट आयोजनामा उत्पादन थालेको तेस्रो दिनमै क्षति, बाढीले बगायो टेलरेसको गेट
फाइल तस्वीर


काठमाडौं। राहुघाट जलविद्युत् आयोजनामा उत्पादन थालेलगत्तै बाढीले क्षति पुगेको छ।

Vigo
GBIME
Tata

राहुगंगा नदीमा आएको बाढीले आयोजनाको टेलरेसको गेट बगाएको छ। यस्तै टावरमा पनि नोक्सानी भएको आयोजनाले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा शुक्रबारमात्र जोडिएको थियो।