मसान्तका दिन २३ वटा संस्थाको वार्षिक साधारणसभा, लाभांश एजेण्डा, मर्जर पनि प्राथमिकतामा

बिजमाण्डू
२०७८ पुष ३० गते ०५:०६ | Jan 14, 2022

काठमाडौं। एकै दिन २३ वटा कम्पनीले शुक्रबार गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्दैछन्। गत वर्षको साधारणसभा नियम अनुसार पुस मसान्तसम्म सक्नु पर्छ।

Tata
GBIME

त्यसपछाडि पनि साधारणसभा गर्न पाइन्छ। तर कम्पनी ऐनको नियम अनुसार पुस मसान्तपछि गरिने साधारणसभाका लागि विशेष स्वीकृति लिनु पर्छ र जरिवाना पनि तिर्नु पर्ने हुन्छ।

पाँच वाणिज्य बैंकहरुले साधारणसभा गर्दैछन्। नबिल बैंक, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले साधारणसभा गर्दैछन्।

एनआइसी एसिया बैंक बाहेक अन्य वाणिज्य बैंकहरुले यसअघि नै साधारणसभा सकिसकेका छन्। एनआइसीले अझै पनि राष्ट्र बैंकबाट साधारणसभा गर्ने स्वीकृति पाइसकेको छैन।

साधारणसभामा बैंकहरुको मुख्य एजेण्डा लाभांश पारित नै छ। यसपछि उनीहरुले उपयुक्त संस्था भेटिए गाभ्ने/गाभिने वा प्राप्ति गर्ने एजेण्डा राखेका छन्।

विकास बैंकतर्फ कर्पोरेट डेभलपमेन्टले साधारणसभा गर्दैछ।। महालक्ष्मी विकास बैंकले भने आगामी सोमबारका लागि साधारणसभा डाकेको छ। विकास बैंकहरुले पनि गाभ्ने गाभिने एजेण्डा प्राथमिकतामा राखेका छन्।

मल्टीप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्सले पनि साधारणसभा गर्दैछन्। कोभिडका कारण सरकारले जारी गरेको प्रोटोकललाई पच्छ्याउनु पर्ने भएकाले उनीहरुमध्ये धेरैले अनलाइन मार्फत साधारणसभा गर्दैछन्।

जलविद्युततर्फ खानीखोला, छ्याङ्दी हाइड्रोपावर, मैलुङ खोला, कालिका पावर र हिमालयन पावर पार्टनरले साधारणसभा गर्दैछन्। सोमबारका लागि जोशी हाइड्रोले साधारणसभा डाकेको छ।

लघुवित्ततर्फ आरएमडीसी, कालिका, जनउत्थान, फरवार्ड, आँधीखोलाले शुक्रबार साधारणसभा गर्दैछन्।

यसबाहेक सानिमा जनरल इन्स्योरेन्स र आकास क्यापिटलले पनि साधारणसभा गर्दैछन्।