सुनको मूल्यमा ८ सयको गिरावट, मंगलबारको कारोबार मूल्य प्रतितोला ९३ हजार, चाँदी पनि घट्यो



बिजमाण्डू
२०७८ पुष ६ गते ११:०७ | Dec 21, 2021
सुनको मूल्यमा ८ सयको गिरावट, मंगलबारको कारोबार मूल्य प्रतितोला ९३ हजार, चाँदी पनि घट्यो

काठमाडौं। सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले घटेको छ। मंगलबारका लागि कारोबार मूल्य प्रतितोला ९३ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

साताको पहिलो दिनका तुलनामा २ सय रुपैयाँ बढेर सोमबार कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्यमा पनि ह्रास आएको छ। सोमबार प्रतितोला १२ सय ४५ रुपैयाँमा स्थिर रहेको चाँदी मंगलबार १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव जारी छ। सोमबार प्रतिऔंस १८०२.३५ डलर रहेको सुन मंगलबार घटेर १७९२ .१३ डलर भएको छ। चाँदी पनि २२.३६ डलरबाट घट्दै प्रतिऔंस २२.२६ डलर भएको छ।