तरलता अभाव चर्किँदो: आइतबार मात्रै महँगो ब्याजमा ४८ अर्ब रुपैयाँ एसएलएफ सापटी लिए बैंकले



बिजमाण्डू
२०७८ कात्तिक २८ गते १८:१९ | Nov 14, 2021

काठमाडौं। तरलता अभाव चर्किँदै गएपछि आइतबार पनि बैंक तथा वित्तीय संस्थाहरुले ४८ अर्ब १५ करोड रुपैयाँ सापटी राष्ट्र बैंकसँग चलाएका छन्।

Tata
GBIME
Nepal Life

बैंक तथा वित्तीय संस्थाहरुले १८ पटक गरेर स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गरेका हुन्। यसको ब्याज दर ५ प्रतिशत हुन्छ भने यो सात दिनमा परिपक्व हुन्छ। अन्तर बैंक सापटी नपाएपछि बैंक वित्तीय संस्थाले एसएलएफ चलाउँछन्।

बैंक तथा वित्तीय संस्थाहरुले चालु बर्ष कुल १४ खर्ब ७० अर्ब ३८ करोड रुपैयाँ एसएलएफ चलाइसकेका छन्। कुल ७०९ पटक यस्तो सापटी लिएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरुले आइतबार एक अर्ब १४ करोड २० लाख रुपैयाँ ओभरनाइट रिपो पनि लिएका छन्। यो चार पटक प्रयोग भएको छ। यसको ब्याज साढे तीन प्रतिशत हुन्छ। चालु बर्ष मात्र बैंक तथा वित्तीय संस्थाहरुले ४८ अर्ब ५८ करोड रुपैयाँ ओभरनाइट रिपो चलाइसकेका छन्।

राष्ट्र बैंकका अनुसार, एसएलएफ, रिपोलगायत गरेर बैंक तथा वित्तीय संस्थाहरुले सापटी दायित्व एक खर्ब १४ अअर्ब २१ करोड २० लाख रुपैयाँ पुगिसकेको छ।