बजेट मोबाइल फोनको बजार बढ्दो, आइटेल र टेक्नोको वितरक महालक्ष्मीको कारोबार २ अर्ब नाघ्यो

बिजमाण्डू
२०७८ कात्तिक २१ गते ०९:२६ | Nov 7, 2021
बजेट मोबाइल फोनको बजार बढ्दो, आइटेल र टेक्नोको वितरक महालक्ष्मीको कारोबार २ अर्ब नाघ्यो

काठमाडौं। आइटेल र टेक्नो ब्राण्डका मोबाइल फोनहरुको आधिकारिक वितरक महालक्ष्मी मोबाइल प्रालिले कारोबार ३१९ प्रतिशतले बढाएको छ।

Tata
GBIME

कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपाललाई उपलब्ध गराएको विवरण अनुसार, गत वर्ष ४८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो। यसपाली २ अर्ब ४ करोड ९० लाख रुपैयाँको कारोबार गर्ने (अनुमानित) छ। परार कम्पनीले ६३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। 

स्थापना भएको साल अर्थात २०१८ मा १ अर्ब १९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो। त्यसपछिको कोभिडले बजार प्रभावित भएको कम्पनीले जनाएको छ।

कम्पनीले बजेट (सस्तो खालको) फोन बिक्री गर्छ। कम्पनीमा प्रकाशबहादुर स्वाँरको शतप्रतिशत लगानी छ। कम्पनीको देशभर ६१ वटा बिक्री केन्द्रहरु छन्। कम्पनीले चाइनिज फोन बिक्री गर्छ।

कम्पनीले बैंक ऋणका लागि इक्रा नेपालसँग रेटिङ गराएको छ। कम्पनीले ७३ करोड ३४ लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो। रेटिजन्स एजेन्सीले बजारमा बजेट फोनको माग बढ्दो रहेको जनाएको छ।