सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घट्यो, चाँदी ३५ रुपैयाँले सस्तियो

बिजमाण्डू
२०८३ साउन २७ गते ११:२६ | Aug 12, 2026
सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घट्यो, चाँदी ३५ रुपैयाँले सस्तियो


काठमाडौं। सुनको मूल्यमा भइरहेको बढोत्तरीमा ब्रेक लागेको छ। अघिल्लो दिनको भन्दा बुधबार सुन तोलामा एक हजार २ सय रुपैयाँले सस्तो भएको छ।

GBIME
Tata

बुधबार सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ६ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि मंगलबार सुन तोलामा ६ हजार ४ सय रुपैयाँले बढेर प्रति तोला ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको थियो। सोमबार प्रति तोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि बुधबार घटेको छ। ३५ रुपैयाँले घट्दै प्रति तोला ४ हजार ७४५ रुपैयाँमा आइपुगेको छ। मंगलबार प्रति तोला ४ हजार ७ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति तोला ४३९३.६७ डलर र चाँदी प्रति औंस ६५.१३ डलरले कारोबार भइरहेको छ।